होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने !
सूचना-प्रविधि

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने !

  • नागरिक रैबार
अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने !

काठमाडौं । उच्च अदालत पाटनले प्राविधिक कारणले मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकबाट क्षतिपूर्ति भराउन सक्ने फैसला गरेको छ ।पर्याप्त क्रेडिट सुविधा हुँदा पनि १४ घण्टासम्म मोबाइलको बाह्य कल सेवा अवरुद्ध भएको एक मुद्दामा उच्च अदालतले १५ हजार क्षतिपूर्ति भराउन फैसला गरेको छ ।  यसअघि हवाई सेवा प्रदायकले समयमा उडान नगर्दा यात्रुमा पुगेको क्षति सेवा प्रदायकबाट भराउने गरी सर्वोच्च अदालतले स्थापित गरेको नजिरअनुसार उच्च अदालतले उक्त फैसला गरेको हो । यती एयरलाइन्सविरुद्ध स्थापित उक्त नजिरलाई आधार मानेर फैसला भएको हो ।            न्यायाधीशद्वय ठाकुरप्रसाद शर्मा पौडेल र नातिबाबु लामिछानेको संयुक्त इजलासले प्राविधिक कारणले सेवा रोकिए पनि सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकले मनासिब क्षतिपूर्ति दिनुपर्ने फैसला भएको हो ।                काठमाडौँ जिल्ला अदालतले उक्त माग दाबीलाई अस्वीकार गरेको थियो । निवेदक अधिवक्ता राजकुमार सुवालले जिल्लाको आदेशविरुद्ध पुनरावेदन गरेका थिए । जिल्ला अदालतले २०७६ वैशाख ४ गते मागदाबी अस्वीकार गर्दै फैसला गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार