होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आज पनि देशभर पानी पर्ने, घाम लाग्ने सम्भावना कम
देश/प्रदेश

आज पनि देशभर पानी पर्ने, घाम लाग्ने सम्भावना कम

  • नागरिक रैबार
आज पनि देशभर पानी पर्ने, घाम लाग्ने सम्भावना कम

आज देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन्। अहिले काठमाडौं उपत्यकासहित देशभरको आकास बादलले ढाकेको छ।

त्यसैले आज घाम लाग्ने सम्भावना कम छ। मौसमविद प्रतिभा मानन्धरले भनिन, ‘काठमाडौं उपत्यकासहित देशभर नै अहिले बदलीको अवस्था छ। आज पानी पर्छ, घाम लाग्ने सम्भावना छैन।’

शुक्रबार रातिसम्मै उच्च पहाडी तथा हिमाली भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विज्ञापन

यस्तो अवस्था शनिबार र आइतबार पनि जारी रहने छ। यद्यपि शनिबारबाट भने मौसममा क्रमिक सुधार हुने मौसमविद मानन्धरले बताइन्।

बिहीबार दिउँसो काठमाडौं उपत्यकामा सामान्य वर्षासमेत भएको थियो। वर्षासँगै चिसो बढेको महसुस भएको छ। चिसो अझै बढ्ने भएकाले सतकर्तता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

१२ पुसमा काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ०.६ डिग्री सेल्सियस मापन गरिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै