नागरिक रैबार ।
मंसिर १७ बाजुरा ।
जिल्ला सदरमुकाम मार्तडी स्थित राष्ट्रिय बाणिज्य बैंकमा एक महिलाले आफ्नी अपाङ्ग छोरीको सामाजिक सुरक्षा भत्ता बुझी गनिरहेको अवस्थामा जवरजस्त खोसिलिने एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बडीमालिका नगरपालिका वडा नं.९ का परे चदाँराका २२ वर्षीया छोरा गोपाल विक रहेका छन् । विकले बडीमालिका नगरपालिका वडा नं.१ मा बस्ने भना कार्कीले आफ्नी छोरीको अपाङ्ग भत्ता बैंकबाट बुझेर गेटमा पैसा गन्ती गरिरहेको बेला हातबाट जवरजस्त तानेर फरार भएका थिए ।
बैंकको गेटमा हातबाट रुपैयाँ तानेर भागेको केही समयमै पिडितको सुचनाका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताएका छन् ।
राष्ट्रिय बाणिज्य बैंकको सिसी क्यामरामा हातबाट तानेर फरार कैद फुटेजबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
अपाङ्ग भत्ता बाफतको रकम रु ८ हजार बैंकबाट बुझेर गनिरहेको बेला तानेर लगेको सिसी क्यामराको भिडियोको आधारमा विकको घरबाटै उनलाई पक्राउ गरेको बताईएको छ ।
पक्राउ परेका युवकसंग संलग्न अर्का एक युवक पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका गैरीबजारमा बस्ने जित चदाराको छोरा प्रकाश विक रहेको प्रहरीले जनाएको छ ।
चोरी गरी घरमा पुग्ने वितिकै प्रकाश वि.कको जिम्मा लगाएर हुलिया परिवर्तन गर्न खोज्दा प्रहरीले पक्राउ गरेको जनाएको छ । उनले यस अघि पनि धेरै ठाउँमा चोरी गरेको रिपोर्ट जिल्ला प्रहरी कार्यालयमा आएको प्रहरीले बताईएको छ ।
बाजुरा जिल्लामा केहि महिना यता चोरीमा संलग्न ७० जना भन्दा बढी पक्राउ गरी आवश्यक कारवाही गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु