होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राजनीतिक नियुक्तिले नेकपामा असमझदारी बढेको हो ?
समाचार

राजनीतिक नियुक्तिले नेकपामा असमझदारी बढेको हो ?

  • नागरिक रैबार
राजनीतिक नियुक्तिले नेकपामा असमझदारी बढेको हो ?

१६ असोज, काठमाडौं । बिहीबार सरकारले केही महत्वपूर्ण राजनीतिक नियुक्ति ग¥यो । सरकारले प्रशासन क्षेत्रको उच्च पद मुख्य सचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त ग¥यो ।

साथै पूर्वअर्थमन्त्री र दुई सातायता प्रधामन्त्रीको आर्थिक सल्लाहकारको भूमिकामा रहेका डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस गरिएको छ भने मुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा ।

नियुक्तिबारे विभिन्न क्षेत्र र कोणबाट टिकाटिप्पणी भइरहेका छन् । यो केही दिनपछि साम्य हुँदै जाला ।

तर यो नियुक्तिले एक महिना अगाडि मात्रै टालिएको शक्ति संघर्षलाई पुनः ब्यूँताउने त होइन भन्ने चिन्ता सत्तारुढ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शुरु भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव कुमार नेपालको लामो संघर्षलाई भदौ २९ गते बसेको स्थायी समितिको बैठकले केही हदसम्म हल गरेको थियो । त्यसपछि नेकपाभित्र एक प्रकारको शान्त वातावरण देखियो । यसअघि ओली सरकारको कडा आलोचना गर्ने नेताहरु पनि सार्वजनिक प्लेटफर्ममा नरम रुपमा प्रस्तुत भएका थिए ।

तर बिहीबारको राजनीतिक नियुक्तिबारे पार्टीमा छलफल नभएको भन्दै नेकपाभित्र असन्तुष्टिका स्वरहरु देखिन थालेका छन् । विशेषत प्रचण्ड निकट नेताहरुले सो नियुक्तिलाई पार्टीमा स्थायी कमिटीको मर्मअनुसार नभएको बताउन थालेका छन् ।

भदौ २९ मा सम्पन्न स्थायी कमिटी बैठकको निर्णयमध्ये एउटा हो–सरकारको दैनिक कामकारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने, तर राष्ट्रिय महत्वका विषयमा निर्णय गर्दा पार्टीको मार्ग निर्देशनलाई सरकारले ध्यान दिने ।

तर मुख्य सचिव लगायतका महत्वपूर्ण निर्णयहरुमा पार्टीमा छलफल नभएको प्रचण्ड निकट र अन्य नेताहरुको गुनासो छ । जबकी पछिल्लो साता ओली र प्रचण्डबीच मन्त्रिपरिषद गठनबारे निरन्तर भेटवार्ता भइरहेकै थियो ।

नेकपामा आन्तरिक द्वन्द्व र मतभेद चर्केको बेला समस्या समाधान गर्न गत भदौ २६ गते नेकपा, स्थायी कमिटीले निर्णय गरी अध्यक्षद्वयको हस्ताक्षरका साथ भदौ २९ गते जारी अपानि-निर्णयहरूको उल्लंघन भएमा संकटको पुनरावृत्ति हुनसक्छ।देश,जनता र पार्टीहितमा आघात पर्नसक्छ।जिम्मेवारहरूको ध्यान जाओस्।

 

नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री केपी ओलीको कडा आलोचक भीम रावल भदौ २९ को स्थायी कमिटीपछि सरकारबारे नरम रुपमा प्रस्तुत भएका थिए ।

तर बिहीबारको राजनीतिक नियुक्तिप्रति रावलले पनि असन्तुष्टि जनाएका छन् । स्थायी कमिटीमा अध्यक्षद्वयले ल्याएको प्रस्तावको मस्यौदा बनाउने गठिन कार्यदलका सदस्य समेत रहेका रावलले ट्वीट गर्दै भनेका छन्, ‘नेकपामा आन्तरिक द्वन्द्व र मतभेद चर्किएको बेला समस्या समाधान गर्न भदौ २६ गते नेकपा स्थायी कमिटीले निर्णय गरी अध्यक्षद्वयको हस्ताक्षरका साथ भदौ २९ गते जारी अपानी–निर्णहरुको उल्लंघन भए संकटको पुनरावृत्ति हुनसक्छ । देश, जनता र पार्टीहितमा आघात पर्नसक्छ । जिम्मेवारहरुको ध्यान जाओस् ।’

पार्टी वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि नियुक्तिमा असहमति व्यक्त गरेका छन् ।

नेकपामा देखिएको विवादका थुप्रै कारणहरुमध्ये एक सरकारको काममा पार्टीको नियन्त्रण कति हुने भन्ने पनि हो ।

अध्यक्ष प्रचण्ड, नेताहरु नेपाल, खनाल सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगरे पनि महत्वपूर्ण नियुक्ति गर्दा पार्टीले नीतिगत निर्णय गर्नुपर्ने पक्षमा छन् । सरकार गठन भएदेखि नै प्रधानमन्त्री ओलीले एकाधिकार कायम गरेको उनीहरुको भनाइ छ । तर प्रधानमन्त्री ओली र उनी निकटका नेताहरु भने सरकारले गर्ने प्रत्येक निर्णयमा पार्टीको हस्तक्षेप हुनु उचित नहुने बताइरहेका छन् ।

बिहीबार सरकारले गरेको नियुक्तिहरुबारे दुई अध्यक्षबीच कुराकानी हुनसक्ने नेकपा नेताहरुले बताउँछन् । ओली र प्रचण्डबीच अहिले बालुवाटारमा भेटवार्ता भइरहेको छ । दुई नेताबीच मन्त्रिपरिषद पुनर्गठनमा सहमति हुन सकेको छैन । कसलाई निरन्तरता दिने र कसलाई हटाउने भन्ने विषयमा दुई नेताको विवाद छ । यसमा वरिष्ठ नेता माधवकुमार नेपाल भने मौन छन् । उनी निकट स्थायी कमिटी सदस्य रघुजी पन्तले भने मन्त्री छान्ने अधिकार प्रधानमन्त्रीको हुने बताएका छन् । अनलाइनखबरलाई दिएको अन्तर्वार्तामा पन्तले भनेका छन, ‘मन्त्रिपरिषद गठन र पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीकै हो । प्रधानमन्त्रीलाई आफ्नो टिम छान्न स्वतन्त्रता दिनुपर्छ ।’

नेताहरुका अनुसार पार्टी र सरकारबीच समन्वय गर्ने र समझदारी बनाउन सजिलो भने छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै