होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मेरै कार्यकालमा जेष्ठ नागरिक भत्ता पाँच हजार पुर्‍याउँछु: प्रधानमन्त्री ओली
समाचार

मेरै कार्यकालमा जेष्ठ नागरिक भत्ता पाँच हजार पुर्‍याउँछु: प्रधानमन्त्री ओली

  • नागरिक रैबार
मेरै कार्यकालमा जेष्ठ नागरिक भत्ता पाँच हजार पुर्‍याउँछु: प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका छन् ।अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिकसँगको भर्चुअल बैठकमा बोल्दै प्रधानमन्त्रीले आफ्नो कार्यकालभित्रै सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याउने बताएका हुन् ।

‘तत्कालीन नेकपा एमालेको सरकारले एक सयबाट सुरु गरेको भत्ता अहिले तीन हजार पुर्‍याइएको छ,’ प्रम ओलीले भने, ‘मैले निर्वाचनअघि नै घोषणा गरेको थिएँ, मेरै कार्यकालमा पाँच हजार पुर्‍याउँछु ।’

प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकलाई राज्यले प्रदान गर्दै आइरहेको अन्य सेवासुविधा पनि पर्याप्त नभएको भन्दै समयअनुसार परिमार्जन गर्दै लगिने बताए ।‘ध्यान नपुगेको, मन नपुगेर भन्ने होइन, सबै पुगेको छ, सामर्थ्यको सीमाले गर्दा पर्याप्त गर्न सकिएको छैन । यस क्षेत्रमा मात्र होइन हरेक क्षेत्रमा त्यस्तै छ,’ उनले भने ।

विज्ञापन

प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकको सुरक्षा, जीवनयापना सरल बनाउने विषयमा सरकारले काम गरिरहेको दाबी गरे । साथै उनले आर्थिक विकासका पक्षहरुलाई अघि बढाएर लैजान सके मात्र मुलुकको भविष्य उज्ज्वल हुने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै