होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • क्याप्टेन विजय लामा कोरोना जितेर अस्पतालबाट डिस्चार्ज
समाचार

क्याप्टेन विजय लामा कोरोना जितेर अस्पतालबाट डिस्चार्ज

  • नागरिक रैबार
क्याप्टेन विजय लामा कोरोना जितेर अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। २९ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरस्थित स्टार अस्पतालमा भर्ना भएका लामा १८ दिनपछि विहीबार कोरोना जितेर डिस्चार्ज भएका हुन्।

उनले कयौँ पीडाबीच आफूले कोरोनासँग हरेक दिन संघर्ष गरेर जितेको बताए । उनले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्, ‘मैले हरेक दिन कोरोनासँग लडिरहेँ। अनेक दुस्ख र कष्टबीच कोरोनासँगको संघर्षमा हार मानिनँ । यसबीचमा मैले भोगेका कष्टप्रद क्षणहरू अनगिन्ती छन्, कोरोनाले गलाउन खोजिरहँदा पनि मैले निरन्तर संघर्ष गरेर जितें।’

कोरोनाविरुद्धको लडाईँमा आफूलाई साथ दिने चिकित्सकहरुलाई उनले धन्यवाद दिए । उनले स्टार अस्पतालका नर्स र डाक्टरहरुलाई सम्झिँदै उनीहरुको कुशल चिकित्सकीय उपचारको पनि प्रशंसा गरे ।

विज्ञापन

उनले आफ्नो स्वास्थ्य लाभका लागि कामना गर्ने सबैलाई आभार व्यक्त गरे । उनले खेकेका छन्, ‘नेपाल र विश्‍वका अन्य भागहरूबाट मेरा लागि गरिएका प्रार्थना र प्रेमले मलाई कोरोनासँग लडिरहन असीम बल प्रदान गर्यो उनले भनेका छन्, ती सबै प्रार्थना र शुभेच्छाले मलाई मिलेको हौसला र ऊर्जाका कारण अस्पतालबाट डिस्चार्ज हुँदैछु।’

लामाले आफ्नो अनुशासित जीवन शैलीले सामान्य जीवनतर्फ फर्काउन सहयोग गर्ने पनि बताए । उनले अन्यलाई पनि सकारात्मक सोचका साथ सक्रिय भइरहन आग्रह गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै