होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भारतमा एकै महिना २० लाखमा संक्रमण
देश/प्रदेश

भारतमा एकै महिना २० लाखमा संक्रमण

  • नागरिक रैबार
भारतमा एकै महिना २० लाखमा संक्रमण

भारतमा अगस्ट महिनाभर झन्डै २० लाखमा संक्रमण देखिएको छ । कोभिड–१९ को महामारी सुरु भएयता कुनै पनि देशमा एकै महिना यति धेरै मानिसमा संक्रमण भएको यो नयाँ रेकर्ड हो । अगस्टमा यहाँ सर्वाधिक धेरै २८ हजार मानिसको कोरोनाकै कारण ज्यान गयो । भारतमा अहिलेसम्म ३६ लाखमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोनाबाट सर्वाधिक प्रभावित देशमध्ये भारत तेस्रो नम्बरमा छ ।

सरकारले अर्थतन्त्र प्रवद्र्धन गर्न अहिले कडाई खुकुलो गरिरहेको छ, मार्चमा लकडाउन सुरु गरेयता करोडौंले रोजगारी गुमाएका थिए । अगस्टमा भारतमा औसत प्रतिदिन ६४ हजारमा संक्रमण देखियो अर्थात् जुलाईको तुलनामा औसत दैनिक संक्रमण ८४ प्रतिशतले वृद्धि भयो ।

जबकी, यही समय अमेरिकामा प्रतिदिन औसत ४७ हजारमा संक्रमण देखियो । परीक्षण क्षमतामा वृद्धी र ग्रामिण क्षेत्रमा समेत कोरोनाको संक्रमण फैलिएकाले संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

विज्ञापन

चारवटा राज्य उत्तर प्रदेश, झारखण्ड, छत्तिसगढ र ओडिसामा संक्रमण ह्वात्तै बढेपछि संघीय सरकारले नै कोरोना नियन्त्रणका लागि टोली पठाउनुपरेको स्थानीय मिडियाले बताएका छन् । आर्थिक रुपमा सुविधा सम्पन्न महाराष्ट्र राज्य कोरोनाको इपिसेन्टर बनेको छ, यहाँ झन्डै ८ लाखमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

परीक्षण क्षमता ह्वात्तै बढाएपनि अझै भारतको परीक्षण दर कम छ । यहाँ प्रति १० लाखमा झन्डै ३२ हजारको परीक्षण गरिएको छ । यसका बाबजुद भारतमा निको हुनेको संख्या भने राम्रो छ । पहिचान भएका झन्डै १ सय संक्रमितमध्ये ७७ जना निको भएका छन् । त्यस्तै, मृत्युदर कम छ । यहाँ मृत्यु दर २ प्रतिशतभन्दा कम छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार