नागरिक रैबार/बाजुरा १८ साउन। बाजुराका राष्ट्रसेवक कर्मचारीहरुको वचत तथा ऋण सहकारीको पुँजी स्थापनाको १० औं वर्षमा प्रवेश गर्दा १ करोड बढी नाघेको छ ।
नेपाल निजामती कर्मचारी संगठन बाजुरा अन्तरगत संचालित उक्त सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ मा आफ्नो स्थापनाकालको दस वर्षमा कुल कारोवार रकम एक करोड नाघेको बताएको छ ।
१सय २४ जना शेयर सदस्य रहेको यस सहकारीमा आर्थिक वर्ष २०७६र०७७ मा कुल कारोवार पुँजी एक करोड पाँच हजार पुगेको सहकारी संस्थाका व्यवस्थापक नर वहादुर रावलले बताएका छन् ।
व्यवस्थापक रावलका अनुसार सहकारीको पुँजि १ करोड पाँचहजार मध्ये कुल सेयर पुँजी रकम रु १८,८०,०००र कुल वचत संकलन रु ७६,८१,००० र अन्य आम्दानी रु ४,४४,००० रहेको छ भने कुल ऋण लगानी रु ७३,३२,००० र वैंक मौज्दात रु २३, ७८०० जगेडा कोष रु २,९५,००० रहेको छ ।
कर्मचारीहरुको हकहित सँगै उनिहरुको आर्थिक पक्ष वलियो वनाउन उनीहरुलाई आवश्यक पर्दा कर्मचारीहरुलाई पनि सजिलै, सस्तो र सुलभ व्याजदरमा ऋण उपलव्ध हुन सकोस र सवै कर्मचारीको वचत गर्ने वानीको विकास होस भन्ने उदेश्यले २०६७ सालमा बाजुराका राष्ट्रसेवक कर्मचारीहरुको बाजुरामा पहिलो सहकारीको सहकारी संस्थाको स्थापना भएको आधिकारिक ट्रेड युनियन वाजुराका अध्यक्ष धनवहादुर थापाले बताए ।
नेपाल निजामती कर्मचारी संगठनसँग आवद्ध राष्ट्रसेवक कर्मचारीहरुको छरिएर रहेको पुँजी संकलन गरी आफ्ना सदस्यहरुको आर्थिक हितका लागी देशैभरीका सवै जिल्लामा राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. स्थापना गरी संचालनमा ल्याईएको छ त्यसै अनुरुप बाजुरामा पनि शुरुवात गरिएको र हाल सम्म वचत तथा ऋणमा मात्रै सिमित रहेको सहकारीको कारोवार पुँजी १ करोड नाघेपछि लगानीको क्षेत्र विस्तार गर्दै सेवामुलक व्यापार तथा उत्पादनका क्षेत्रमा लगानी गर्ने गरी योजना वनाईरहेकोले अवका दिनमा सहकारीलाई थप प्रभावकारी ढङ्गले संचालन गर्न सवै स्थानिय तहमा सम्पर्क व्यक्ति र कार्यालय स्थापना गरी सहकारी गतिविधि संचालन गर्ने तयारी भैरहेको नेपाल निजामती कर्मचारी संगठन बाजुराका अध्यक्ष मिनप्रसाद जैशीले जानकारी बताए ।
३६ जना कर्मचारीवाट शुरु भएको सहकारीमा हाल सम्म १२४ जना शेयर सदस्य वनाउन सफल भएको र आफ्ना शेयर सदस्यहरुको हितका लागि विभिन्न कार्य गर्दै आईरहेको सहकारीले वचत कर्ताहरुलाई नियमित वचतमा वार्षिक ६ प्रतिशत व्याज दिनुका साथै सरल र सुलभ तरीकाले संस्थाका शेयर सदस्यहरुको जमानीका आधारमा विना झण्झट वार्षिक १२ प्रतिशत व्याज दरमा ऋण लगानी गर्ने गरेको कुरा सहकारी अध्यक्ष शंकर प्रसाद उपाध्यायले बताए ।
राष्ट्रसेवक वचत तथा ऋण सहकारीले बाजुरा जस्तो सानो जिल्लामा कर्मचारीहरुको स-सानो वचतवाट १ करोड वरावरको पुँजी निर्माण गर्नु आफैमा महत्वपुणर् उपलव्धि हो भने बाजुरामा संचालन भएका उत्कृष्ट वचत तथा ऋण सहकारी मध्येको एक हो । हाल सम्म वचत तथा ऋणको कारोवारमा सिमित भएको सहकारी पुँजीको वढोत्तरी सँगै अन्य विविध आर्थिक क्रियाकलापमा लगानी गरी आफ्ना शेयर सदस्यलाई आर्थिकरुपले मजवुत वनाउदै अन्य उपभोक्ता तथा बाजुरावासीलाई समेत सेवा पुग्ने गरी विभिन्न क्षेत्रमा पुँजीको परिचालन मार्फत सामाजिक उत्तरदायीत्व पनि पुरा गर्न सकिने सहकारी सस्थाले विश्वास लिएको छ ।
फेसबुक प्रतिक्रियाहरु