होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ४ बुदे मागसहित पत्रकार महासंघलाई युनियनको ज्ञापनपत्र
समाचार

४ बुदे मागसहित पत्रकार महासंघलाई युनियनको ज्ञापनपत्र

  • नागरिक रैबार
४ बुदे मागसहित पत्रकार महासंघलाई युनियनको ज्ञापनपत्र

नागरिक रैबार/बाजुरा १८ साउन। नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले नेपाल पत्रकार महासंघ बाजुरा शाखालाई ४ बुदे माग सहित ज्ञापन पत्र बझाएको छ ।

आईतबार नेपाल प्रेस युनियन बाजुराले नेपाल पत्रकार महासंघ बाजुरा शाखालाई विभिन्न ४ बुदे माग सहित ज्ञापन पत्र बुझाएको हो । नेपाल प्रेस युनियन बाजुरा शाखाका अध्यक्ष प्रेम रौलेद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ नेपाल पत्रकार महासंघ बाजुराको भवन निर्माणका लागि संघ प्रदेश र स्थानीय तहबाट विनियोजित कुल बजेट र निर्माण कार्यमा लागेको यथार्थ खर्चको विवरण सार्वजनिक गर्नु पर्ने माग गरेको छ ।

त्यस्तै युनियनले आसन्न महासंघको संघ प्रदेश र जिललाको अधिवेशनका लागि खोलिएको नयाँ सदस्यता वितरण कार्यमा जिल्लाका संचार माध्यममा कार्यरत पत्रकारलाई मात्र नयाँ सदस्यता दिईनु पर्ने र नविकरणमा रोक लगाउनु पर्ने, राजनीतिमा आवद्ध जनप्रतिनिधि बनेका र स्थायी जागिरे भएका महासंघका सदस्यहरुलाई स-सम्मान सहित महासंघबाट विदाई गर्नुपर्ने र महासंघलाई सरकारी तथा गैरसरकारी संस्थाबाट प्रदान भएका सामाग्रीको दाखिला गरि सार्वजनिक गरिनु पर्ने माग गरेको छ ।

विज्ञापन

प्रेश युनियन बाजुराले बुझाएको ४ बुदे माग सहितको ज्ञापन पत्र ग्रहण गर्दै पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले ज्ञापन पत्रमा प्रेश युनियनले उल्लेख गरेका मागहरु सहित आगामी पत्रकार महासंघको बैठकमा लिएर छलफल गरिने बताएका थिए ।

No description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार