होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा बडीमालिका ९ को वडा कमिटीे अध्यक्षमा राजेश चयन
राजनीति

नेकपा बडीमालिका ९ को वडा कमिटीे अध्यक्षमा राजेश चयन

  • नागरिक रैबार
नेकपा बडीमालिका ९ को वडा कमिटीे अध्यक्षमा राजेश चयन

नागरिक रैबार/बाजुरा १७ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडीमालिका नगरपालिका ९ नम्बर वडा संगठन कमिटीको अध्यक्षमा राजेश विक चयन भएका छन् ।

शनिबार एक औपचारीक कार्यक्रममा विच नेकपा बडीमालिका ९ नंम्बर वडा संगठन कमिटीको अध्यक्षमा राजेश विक र सचिवमा प्रकाश विष्ट चयन भएका हुन्।

तत्कालिन एमाले र माओवादी केन्द्रको एकता पछि २०७६ मंसिरमा गठन भएको नेकपा वडा संगठन कमिटीमा अध्यक्ष पद सम्हालेका गचे चंदाराले वडा संगठन कमिटीको आगामी कार्यकालको जिम्मेवारी बहन गर्न राजेश पायललाई समर्थन गरेपछि राजेश विकलाई ९ नम्बर वडा संगठन कमिटीको अध्यक्षमा चयन गरिएको हो ।

विज्ञापन

शनिबार ९ नम्बर वडा संगठन कमिटीले पहिलो वैठक राख्दै वडा कमिटीमा चयन भएका अध्यक्ष राजेश विक र सचिव प्रकाश विष्टलाई नेकपाको विधि र विधान अनुरुप पद तथा गोपनीयताको शपथ ग्रहण गराएको वडा संगठन कमिटीका ईन्चार्ज सुर्यकिरण विकले जानकारी दिए ।

नेकपा बडीमालिका नगरपालिका वडा नं. ९ को वडा संगठन कमिटीको पहिलो वैठक तथा नयाँ पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा नेकपा बाजुराका जिल्ला कमिटी सदस्य एंव बडीमालिका नगरपालिका इन्चार्ज विनोद कुमार विक, नेकपा जिल्ला कमिटी सदस्य किट्टो लवार, काँशी नेपाली, काल्चे दमाई, ओमप्रकाश विक, ९ नंम्बर वडा संगठनका इन्चार्ज सुर्यकिरण विक लगायत नेकपाका १ सय बढी कार्यक्रर्ताहरु सहभागि रहेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि