कपिलवस्तु, १७ साउन । मुस्लिमहरुको दोश्रो ठूलो पर्व बकर इद कपिलवस्तुका मुस्लिम समुदायले पनि भौतिक दूरी कायम गर्दै मनाएका छन् । कपिलवस्तुका मुस्लिम समुदायले ईद उल अजहा बकर इद खुशी साटसाट गरी मनाएका हुन् ।
बकर इदका बेला सामुहिक रुपमा इदगाह नमाज पढ्ने प्रचलन रहेको छ । तर, यस वर्ष कोरोना भाईरसका कारण शनिबार आ–आफ्नो घर मै नमाज पढने गरिएको छ ।
अरबी क्यालेन्डर अनुसार जिलहिज्जा महिनामा पर्ने बकर ईद मुस्लिम समुदायले शनिबारदेखि ३ दिन सम्म मनाउने गरिन्छ ।
फेसबुक प्रतिक्रियाहरु