होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ
समाचार

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

  • नागरिक रैबार
पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ

भक्तपुर: पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ।

गत फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा आँखा अस्पताल नजीकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व भक्तपुरका सेक्रेटरीसमेत रहेका शाहीलाई प्रहरीले पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

प्रहरीले कालीकोट स्थायी घरभएका शाहीलाई ठिमीबाट पक्राउ गरेको बताउँदै उनले जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान शुरु गरिएको जानकारी दिए। बम विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले यसअघि नै अभिषेक भन्ने टेकबहादुर विक, अमृतबहादुर कुमाल, लक्ष्मण सेठी, देवीबहादुर गुरुङलाई पक्राउ गरेको थियो।

जसमा जिल्ला अदालत भक्तपुरले चैत ३० गते देवीबहादुर गुरुङलाई साधारण तारेखमा छोडेको र अन्य तीन जनालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरी थप अनुसन्धान एवं कारवाही अगाडि बढाएको गिरीले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै