होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ‘नेपाल स्टार’ धनगढी अडिसनबाट बाजुराका दुई जना छनोट
देश/प्रदेश

‘नेपाल स्टार’ धनगढी अडिसनबाट बाजुराका दुई जना छनोट

  • नागरिक रैबार
‘नेपाल स्टार’ धनगढी अडिसनबाट बाजुराका दुई जना छनोट

नागरिक रैबार/बाजुरा १९ चैत्र। ‘नेपाल स्टार’ सिङगिङ रियालिटी सो को धनगढी अडिसनबाट बाजुराका दुईजना छनोट भएका छन् ।

‘हामी नेपाली, हाम्रो आवाज’ भन्ने नाराका साथ सूरु भएको नेपाल स्टारमा धनगढीको अडिसनबाट बाजुराको बडीमालिका नगरपालिका वडा न. ८ का विनोद थापा र बुढीनन्दा नगरपालिकाका धर्वेन्द्र सुनार छनोट भएका हुन् ।

उनीहरु दुवै जनाले गत शनिवार राती नेपाल टेलिभिजनबाट प्रसारण भएको धनगढी अडिसनमा आफ्नो प्रस्तुति देखाएका थिए । सो रियालिटि सोको कार्यक्रममा निर्णायकका रुपमा संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अञ्जु पन्त रहेका छन् ।

विज्ञापन

सोका विजेतालाई ३५ लाख नगद पुरस्कार प्रदान गरिने छ । अन्तिम ४ प्रतिस्पर्धीलाई ५–५ लाख नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । ‘नेपाल स्टार’ले नेपालका ग्रामीण भेगमा रहेका गायन प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्ने बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै