होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका केही स्थानीय तह विशेष कार्य योजना सहित भ्रमण वर्षको तयारीमा
समाचार

सुदूरपश्चिमका केही स्थानीय तह विशेष कार्य योजना सहित भ्रमण वर्षको तयारीमा

  • नागरिक रैबार
सुदूरपश्चिमका केही स्थानीय तह विशेष कार्य योजना सहित भ्रमण वर्षको तयारीमा

राष्ट्रिय पर्वकै रुपमा आउँदो जनवरी १ तारिक अथात् पुष १६ गतेदेखि सुरु हुन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सुदूरपश्चिमका केही स्थानीय तहले पनि तयारी तिव्र पारेका छन्। कैलालीका स्थानीय तहले भ्रमण वर्ष लक्षित कार्यक्रम सार्वजनिक गर्न नसकेका बेला कञ्चनपुर, डडेल्धुरा लगायतका जिल्लाका केही सीमित स्थानीय तहले भ्रमण वर्ष विशेष कार्ययोजना बनाई सोही अनुसार तयारी गरेका हुन्।

सुदूरपश्चिमकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल उग्रतारा मन्दिर, अमरगढी किल्ला, घटला थान, रावलतोली गुफा, अमरगढी पार्क लगायतका झण्डै आधा दर्जन पर्यटकीय स्थल रहेको डडेल्धुराको अमरगढी नगरपालिकाले घुम्न जाऔँ अमरगढी कार्यक्रम सुरु गर्ने भएको छ।

यस्तै भ्रमण वर्षमा नगर क्षेत्रका पर्यटकीय स्थलको प्रचार प्रसार, पूर्वाधार विकासका कार्यक्रम पनि ल्याएको नगरपालिकाले कञ्चनपुरको भीमदत्त नगरपालिकासंग भगेनी सम्बन्ध कायम गरेको छ। जस अन्तरगत भ्रमण वर्षमा विविध कार्यक्रम गर्ने तयारी रहेको अमरगढी नगरपालिकाका मेयर विश्वेश्वर प्रसाद ओझाले बताए।

विज्ञापन

उनले आफ्नो संयोजकत्वमा गठन भएको छ सय सदस्यीय समितिले भ्रमण वर्षका लागि तयारी तिव्र पारेको बताए। यस्तै भ्रमण वर्षको तयारीका लागि विभिन्न उप समिति समेत गठन गरिएको उनले बताए। यस्तै डडेल्धुरामा पर्यटन सूचना केन्द्र स्थापना गर्दै नगर क्षेत्रका पर्यटकीय स्थलको प्रचार प्रसार गरिने पनि मेयर ओझाले बताए।

डडेल्धुराकै अजयमेरु गाउँपालिकाले पनि भ्रमण वर्ष विशेष कार्ययोजना बनाई तयारी तिव्र पारेको छ। गाउँपालिकाले जनवरी १ मा ऐतिहासिक महत्व बोकेका अजयमेरु कोटमा हाफ म्याराथुन प्रतियोगिता आयोजना गर्दै राती क्याम्प फायर  लगायतका कार्यक्रम तय भएको गाउँपालिकाका अध्यक्ष उमेश भट्टले बताए।

त्यस्तै भ्रमण वर्षभरी गाउँपालिका क्षेत्रको प्रचार प्रसार गर्दै बढि भन्दा बढि पर्यटक भित्र्याउने उनको भनाई छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, भम्केनी धाम लगायतका पर्यटकीय स्थल रहेको कञ्चनपुरको भीमदत्त नगरपालिकाले पनि भ्रमण वर्षको तयारी तिव्र बनाएको छ।

नगरपालिकाले भ्रमण वर्षको अवसरमा जैविक मार्ग पर्यटन म्याराथुन प्रयोगिता  गरिरहेको मेयर सुरेन्द्र विष्टले बताए। उनले पुष १५ गतेका दिन म्याराथुन प्रतियोगिता र भ्रमण वर्षको पहिलो दिन जनवरी १ तारिक अथवा पुष १६ मा गड्डाचौकी नाका भएर आउने पर्यटकहरुलाई स्वागत गर्ने कार्यक्रम तय भएको बताए।

उनले पहिलो आउने पर्यटकलाई नगरपालिकाले बसोबासको प्रबन्ध मिलाई परम्परागत खानेकुरा खुवाउने बताए। कञ्चनपुरकै वेदकोट नगरपालिकाले पनि भ्रमण वर्षमा विशेष कार्यक्रम गर्ने योजना बनाएका छ। मेयर अशोक बहादुर चन्दले उनले भ्रमण वर्षलाई लक्षित गरी स्थानीय तहहरुसंगको समन्वयमा वेदकोटमा आउँदो पुष १९ मा भव्य कार्यक्रमको तयारी भईरहेको बताए।

यस्तै भ्रमण वर्षमा नगरमा घुम्न आउने पर्यटकलाई स्वागत गर्ने, पर्यटकीय क्षेत्रको प्रचार प्रसार लगायतका कार्यक्रम भने जारी राखिने उनले बताए। भ्रमणमा वर्षलाई सफल बनाउन प्रदेशका केही स्थानीय तहले विविध कार्यक्रमको तयारी थालेका बेला अधिकांश पालिका भने मौन छन्।

तर भित्र भित्रै पर्यटन विकासको नाममा निकटका व्यक्तिलाई ठुलो बजेट पारी खर्च गर्ने तयारी गरिएपछि त्यसले समग्र प्रदेशको पर्यटन क्षेत्रको विकास नहुने भन्दै चिन्ता व्यक्त गरिएको छ। त्यसैले भ्रमण वर्षलाई सभ्य र भव्य बनाई प्रदेशमा बढि भन्दा बढि पर्यटक भित्र्याउन सबैले आ–आफ्नो स्थानबाट भुमिका खेल्नुपर्ने देखिन्छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार