कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी भएका छन्। उनी ५ सय २८ मत ल्याउँदै बिजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलबहादुर तामाङले ३ सय १० मत पाएका छन्।
प्रजातन्त्र पाटी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन्। ४ मत भने बदर भएको छ। आज भएको मतदानमा ९ सय २४ मत खसेको थियो।
स्थानीय तहको निर्वाचनमा वडा नम्बर ३ बाट अध्यक्षमा निर्वाचित फैरु तामाङ जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख भएपछि त्यहाँ उप निर्वाचन भएको हो।
फेसबुक प्रतिक्रियाहरु