होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रचण्डलाई सी चिनफिङको निम्तो : नेकपाको ६० सदस्यीय टोली चीन जाँदै
देश/प्रदेश

प्रचण्डलाई सी चिनफिङको निम्तो : नेकपाको ६० सदस्यीय टोली चीन जाँदै

  • नागरिक रैबार
प्रचण्डलाई सी चिनफिङको निम्तो : नेकपाको ६० सदस्यीय टोली चीन जाँदै
फाइल तस्बिर।

उच्चस्तरीय भेटवार्ता

काठमाडौं : सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा ६० सदस्यीय टोली चीन जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपाको जम्बो टोली त्यसतर्फ जान लागेको हो। नेकपाको टोली आगामी २४ गते चीन जानेछ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र दुई कम्युनिस्ट पार्टीबीच काठमाडौंमा भएको छलफलमा भ्रमण आदानप्रदान गर्ने सहमतिअनुसार नेकपाको टोली चीन जान लागेको नेताहरूले बताएका छन्।

दुई महिनाअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागले काठमाडौंमा सी विचारधाराबारे छलफल गरेका थिए। त्यस क्रममा दई कम्युनिस्ट पार्टीबीच भाइचाराको सम्बन्ध स्थापना गर्ने सहमति भएको थियो।

विज्ञापन

१० दिने भ्रमण टोलीको समन्वय नेकपा स्कुल विभागले गरिरहेको छ। अध्यक्ष दाहाल भने तीन दिन बसेर फर्कनेछन्। विभागका सहइन्चार्ज वेदुराम भुसालका अनुसार अध्यक्ष दाहाल नेतृत्वको टोलीमा स्थायी समिति सदस्य भीम रावल, टोपबहादुर रायमाझीसहित १० जना हुनेछन्। भ्रमण दलमा केन्द्रीय सदस्य र पार्टीका केही जिल्ला अध्यक्ष रहने भुसालले बताए। चीन जाने टोलीमा रघुजी पन्त, प्रेम आले, यज्ञराज सुनुवार, भानुभक्त जोशीलगायत छन्।

‘दुई देशका कम्युनिस्ट पार्टीबीच उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने सहमतिअनुसार भ्रमण हुन लागेको हो,’ स्कुल विभाग सहइन्चार्ज भुसालले भने।

नेपाल–चीन पत्रकार फोरमद्वारा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपाको टोली चीन जान लागेको जानकारी दिए। भ्रमणले चिनियाँ राष्ट्रपतिको भ्रमणमा भएका सहमति कार्यान्वयनमा सहयोग पुग्ने विश्वास दाहालले व्यक्त गरे। चिनियाँ राष्ट्रपति सीसँग आफूले आठ पटक भेटिसकेकाले जनस्तरसम्म सम्बन्ध बनेको दाहालको दाबी छ।

‘प्रो चाइना वा प्रो इन्डियन बन्न जरुरी छैन’

नेकपा अध्यक्ष पुष्पकमल दाहालले ‘प्रो नेपाल’ भएर काम गर्नुपर्ने बताए। नेपाल–चीन पत्रकार फोरमद्वारा शुक्रबार आयोजित कार्यक्रममा दाहालले भने, ‘प्रो चाइना वा प्रो इन्डियन हुन जरुरी छैन। हामी प्रो नेपाल बन्ने हो।’ नेपालले दुई छिमेकीबीच सन्तुलित नीति लिएकाले दक्षिण वा उत्तरतिर नेपाल ढल्किन आवश्यक नरहेको उनको भनाइ छ।

भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकको नेपाली भूमि अतिक्रमण गरेको विषयमा राष्ट्रिय सहमति बनेको र यस्तै सहमतिले छिमेकी सम्बन्धलाई नेपालको विकासमा सदुपयोग गर्न सकिने दाहालले बताए। एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको उनको भनाइ थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार