होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आगामी तीन दिन कुन ठाउँको मौसम कस्तो ?
देश/प्रदेश

आगामी तीन दिन कुन ठाउँको मौसम कस्तो ?

  • नागरिक रैबार
आगामी तीन दिन कुन ठाउँको मौसम कस्तो ?

काठमाडौं– अरब सागरको उत्तर-पूर्वि भागमा “क्यार” नामाकरण गरिएको चक्रवातको नेपालमा खासै ठूलो प्रभाव नपरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यो चक्रवात उत्तर-पश्चिमी दिशा तर्फ (ओमन तर्फ) बढिरहेको महाशाखाले जनाएको छ । हाल नेपालको पश्चिमी तथा मध्य भु-भागहरुमा आंशिक देखि सामान्य बदलि र पूर्वमा भु-भागमा आंशिक बदलि रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिन कुन ठाउँको मौसम कस्तो ?

कार्तिक १३ गते (बुधबार)

विज्ञापन

दिउँसो: देशको पश्चिमी तथा मध्य भु-भागमा र पुर्वका पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली, बाकी भूभागमा आंशिक बदलि रहने देखिन्छ । देशका पश्चिमि भु-भाग तथा मध्य र पुर्वका पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

राती: देशैभरि आंशिक देखि सामान्य बदलि रहने देखिन्छ।

कार्तिक १४ गते (बिहिबार)

दिउँसो: देशैको पहाडी भू-भागमा आंशिक बदलि र बाकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

राती: देशैको पहाडी भू-भागमा आंशिक बदलि र बाकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

कार्तिक १४ गते (बिहिबार)

दिउँसो: देशैको पहाडी भू-भागमा आंशिक बदलि र बाकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

राती: देशैको पश्चिमी भू -भागमा आंशिक देखि सामान्य बदलि तथा मध्य र पूर्वी भू-भागमा आंशिक बदलि रहने देखिन्छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार