होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ट्रकले मोटरसाइकल हान्यो, एकको मृत्यु
समाचार

ट्रकले मोटरसाइकल हान्यो, एकको मृत्यु

  • नागरिक रैबार
ट्रकले मोटरसाइकल हान्यो, एकको मृत्यु

१३ असोज, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ बाँदरेमोडमा स्वराज गाडी (ट्रक)ले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सिन्धुपाल्चोकका २९ वर्षीय राजीव गुरुङ रहेका छन् । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८३१९ नम्बरको स्वराज गाडीले बिपरित दिशातर्फ जाँदै गरेको बा ९५ प ९७७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक इलामका ३० वर्षीय मिलन राई घाइते भएका छन् । उनको राजमार्ग अस्पताल मलेखुमा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै