होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दशैँमा नेपाल टेलिकमकाे अफरै अफर
समाचार

दशैँमा नेपाल टेलिकमकाे अफरै अफर

  • नागरिक रैबार
दशैँमा नेपाल टेलिकमकाे अफरै अफर

नेपाल टेलिकमले नेपालीहरुको चाड दशैँकाे उपलक्ष्यमा कम्पनीका सेवाहरुमा छुट उपलब्ध गराएको छ । कम्पनीका अनुसार फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुटसहितका अफरहरु छन् । यीमध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु घटस्थापना अर्थात असोज १२ गतेदेखि नै लागू भएका छन् । फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । टेलिकमले अर्को सूचना जारी नगरेसम्म यो अफर रहिरहनेछ । ग्राहकले *444# डायल गरी सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् ।

पहिलो पटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई दुई दिनको समयावधिसहितको दुई सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट पनि कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् । त्यस्तै पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइएको छ । यो पनि अर्काे सूचना जारी नभएसम्म रहने छ ।

आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

विज्ञापन

प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्नेछन् । आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ ।

मिस्ड कल अलर्ट (एमसीए) ले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा मोबाइल फोन स्विच अफ भएको समयमा पनि पछि स्विच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलहरुको अलर्ट दिन्छ ।   रिचार्जमा बोनस : जीएसएम/सीडीएमए ग्राहकका प्रिपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस पनि पाइनेछ । विजयादशमीको अवसरमा आगामी असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोस (MPoS) बाट रिचार्ज गर्दा बोनस पाइनेछ । याे योजनामा ५०, १०० र २०० रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र ५०० र १००० रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ ।

तर ५०, १०० र २०० रुपैयाँकाे को बोनस ३ दिनभित्र र ५०० र १००० रुपैयाँको बोनस ५ दिनभित्र उपयोग गरिसक्नुपर्नेछ । त्यसैगरी एमपोसबाट १० देखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा १० प्रतिशत र ५०० वा माथिकाे रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार