होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा ७ वडा अध्यक्षका लागि २१ जना भिड्दै, भोली मतदान
समाचार

सुदूरपश्चिममा ७ वडा अध्यक्षका लागि २१ जना भिड्दै, भोली मतदान

  • नागरिक रैबार
सुदूरपश्चिममा ७ वडा अध्यक्षका लागि २१ जना भिड्दै, भोली मतदान

सुदूरपश्चिममा ७ वडा अध्यक्षका लागि हुने उपनिर्वाचनको तयारी पूरा भएको छ। शनिबार हुने उपनिर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्र व्यवस्थापन र अन्य तयारी पूरा गरेका छन्।

जिल्ला निर्वाचन कार्यालयहरुले सबै मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेका र मतपत्र, मतपेटिका लगायत आवश्यक सामग्री पठाइसकिएको जानकारी दिएका छन्। डोटीका जिल्ला निर्वाचन अधिकारी दलवहादुर मलासीले सबै सुरक्षा निकायको सहभागितामा सुरक्षाकर्मी खटनपटन समेत भईसकेको बताए।

उनका अनुसार सर्वदलिय बैठक समेत सम्पन्न भईसकेको छ। शनिबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। गत साउन १६ गते १८ वर्ष पूरा भई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले यस निर्वाचनमा मतदान गर्न पाउनेछन्।

विज्ञापन

सुदूरपश्चिममा ५ जिल्लाका ७ वडामा निर्वाचन भईरहेकोमा १० हजार ९ सय ३७ जना मतदाता रहेका छन्। यस्तै ७ जना वडा अध्यक्षको लागि २१ जना चुनावी मैदानमा रहेका छन्।

अछाम मेल्लेख गाउँपालिका वडा नम्वर ५ मा २, कञ्चनपुरको पुनरवास नगरपालिका वडा नम्वर ३ मा ४, डोटीको आदर्श गाउँपालिका वडा नम्वर २ मा ४, बैतडी डोगडाकेदार वडा नम्वर ४ मा ३, सुर्नाया गाउँपालिका वडा नम्वर १ मा २, पुर्चौडी नगरपालिका वडा नम्वर ४ मा ३ र बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ३ मा ३ जना उम्मेदवारी चुनावी मैदानमा रहेका छन्।

उपनिर्वाचनका लागि सुदूरपश्चिमा १२ मतदानस्थल र १५ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयहरुले जनाएका छन्।

दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार