होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • विद्यालयको शैक्षिक सुधार गर्न त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम
शिक्षा

विद्यालयको शैक्षिक सुधार गर्न त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम

  • नागरिक रैबार
विद्यालयको शैक्षिक सुधार गर्न त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम

नागरिक रैबार/बाजुरा १३ मंसिर। सदरमुकाम मार्तडीस्थित मालिका माविले विद्यालयमा साविकको भन्दा शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि त्रिपक्षीय अन्तरक्रिया कार्यक्रम गरेको छ ।

मालिका माविले विहिबार विद्यालयको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुवीच त्रिपक्षीय अन्तरक्रिया गरेको हो ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नियमित पढाईलाई मध्येनजर गरेर विद्यालयमा त्रिपक्षीय छलफल तथा अन्तरक्रिया गरिएको विद्यालयका प्राचार्य शुभराज पाध्यायले बताएका छन् ।

विज्ञापन

विद्यालयले विद्यालयमा विद्यार्थीहरुको चाप धेरै भएकोले विद्यार्थीहरुको पढाईलाई पनि गुणस्तरीय बनाउन विद्यालयमा अध्ययनरत विद्यार्थी, विद्यार्थीहरुका अभिभावक र शिक्षकहरुसंग नियमित छलफल तथा अन्तरक्रिया गर्दै आईरहेको छ ।

विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्न कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको शनिबासरीय परीक्षा लिदै आएको छ । मालिका माविले विद्यालयमा अध्ययनरत ईसिडी देखी डिप्लोमासम्म अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न विभिन्न रणनीति अपनाउदै आइरहेकाे विद्यालयले जनाएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै