होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक २, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रेस स्वतन्त्रतालाई खुम्चाउने प्रयास भएको छ : देउवा
समाचार

प्रेस स्वतन्त्रतालाई खुम्चाउने प्रयास भएको छ : देउवा

  • नागरिक रैबार
प्रेस स्वतन्त्रतालाई खुम्चाउने प्रयास भएको छ : देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले वाक, अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई खुम्चाउने काम गरिरहेको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारल‍े प्रेसलाई कमजोर बनाउन लागि परेको बताए ।

उनले भने, ‘प्रेसलाई कमजोर बनाउनु भनेको मुलुकलाई अधिनायकवादको दिशातर्फ उन्मुख गराउनु हो । ‘

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘सरकारले जनतालाई ठूलो करको भार थोपरेको छ, यसबाट जनताले निकै सास्ती खेप्नु परेको छ ।’

लोकतन्त्र र संविधानले सुनिश्चित गरेका गतिविधिलाई अंकुश लगाउने काम नगर्न सरकारको ध्यानाकर्षण गराउँदै उनले नेपाली कांग्रेसको नेतृत्वमा रहेका स्थानीय तहमा जनतालाई आर्थिक भार पर्ने कुनै पनि कर नलगाउन पार्टीपंक्तिलाई निर्देशन दिए । नेपाली कांग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक संघीयतामा गएसँगै सिंहदरबारको अधिकार गाँउ-गाँउमा पुर्याउने भनिएकोमा अहिले बालुवाटर केन्द्रित गर्ने प्रयास भइरहेको आरोप लगाए । कान्तिपुरबाट 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • ३ हप्ता अगाडि