नागरिक रैबार/ बाजुरा १४ असार । यस वर्षको एसर्ईई परिक्षामा फेल भएको भन्दै १६ वर्षिय किशोरले गरे आत्महत्या गरेका छन् ।
एसईइमा फेल भएपछि बडीमालिका नगरपालिका वडा नं. १ पीनालेखका बुधे कार्कीका छोरा १५ वर्षिय जंग कार्कीले आत्महत्या गरेका हुन् । एसईइमा फेल भएर आत्महत्या गर्ने १५ वर्षिय जंग कार्कीले सोही वडामै रहेको जाल्दादेवी माविबाट यस वर्षको एसईई परिक्षा दिएका थिए ।
एसईइको परिक्षा फल प्रकाशित भएपछि घरबाट सम्पर्क विहिन भएका छोरालाई खोजी गर्दा गाउँनजिकैको नाउली खोलामा रुखमा झण्डिएको अवस्थामा फेला परेको स्थानीय गंग कार्कीले बताएका छन् । मृतक कार्कीकाे शव पोष्टमाटमका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइने भएको छ ।
फेसबुक प्रतिक्रियाहरु