नेपाल सरकारले संघीय संरचनाअनुरूप ९९ हजार ५ सय ७२ कर्मचारीको समायोजन गरेको छ । तर, मुलुकको दुर्गम क्षेत्रमा अझै पनि कर्मचारी पुगेका छैनन्। विगत १५ महिनाभित्र सरकारले संघीय संरचनाअनुरूप गरेको विकास कार्यमध्ये कर्मचारी समायोजन पनि एक हो।
यस समायोजनले निजामती कर्मचारी प्रशासन चुस्त हुने र जनताले सरकारका निकायहरूबाट सजिलै सेवा–सुविधा प्राप्त गर्ने अपेक्षा गरेका थिए, तर व्यवहारमा त्यसो भएन।
सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता जीवलाल भुसालका अनुसार संघमा ४८ हजार ६ सय ६, प्रदेशमा २२ हजार २ सय ९७, स्थानीयमा ६६ हजार ७ सय १९ गरी जम्मा १ लाख ३७ हजार ६ सय २२ कर्मचारी रहेका छन्।
समिति एवं प्रतिष्ठानमा ३ सय १७ र फाजिल ९दरबन्दी नमिलेकोमा मिल्दो पद समूहमा राख्दै जाने० २ हजार ४ सय छन्।स्थानीय तहका ११ हजार ७ सय ८१ समेत समायोजनमा परेका छन्। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।
फेसबुक प्रतिक्रियाहरु