होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • लोक स्टारका पविन्द्र सुनारलाई मार्तडीमा भव्य स्वागत
मनोरञ्जन

लोक स्टारका पविन्द्र सुनारलाई मार्तडीमा भव्य स्वागत

  • नागरिक रैबार
लोक स्टारका पविन्द्र सुनारलाई मार्तडीमा भव्य स्वागत

नागरिक रैबार/बाजुरा ११ कार्तिक। आइएमई नेपाल लोक स्टार सिजन १ का टप ५ सम्म पुग्न सफल पविन्द्र सुनारलाई मार्तडीमा भव्य स्वागत गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति बाजुरा सोमबार विहान सदरमुकाम मार्तडीमा पन्चेबाजा सहित दोसल्ला ओढाएर भब्य स्वागत गरेका हुन् । सुनार धनगढीको टिकापुरबाट सोमबार विहान सदरमुकाम मार्तडीमा पुगेका थिए ।

मार्तडीमा स्वागत ग्रहण गर्दै सुनारले आफ्ना शुभचिन्तक तथा सहयोगीहरुलाई धन्यवाद दिंदै आफुलाई नेपाल लोक स्टारको टप ५ सम्म पुगाउनु भएकोमा खुशी व्यक्त गरेका थिए । उहाँले घरको आर्थिक अबस्था कमजोर भएकै कारण आफु नेपाल लोक स्टार बन्न नसकेको बताएका थिए । उनले शुभचिन्तक¸ दर्शकहरूको माया र सहयोगले आफु यहाँसम्म पुग्न सफल भएको छु आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु ।

पविन्द्र सुनारको स्वागतका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश समिति सह कोषाध्यक्ष धिरेन विक, सदस्य राजेश पायल, जिल्ला कार्यसमिति सचिव धनबहादुर विसी लगायतका सदस्यहरु बसपार्कसम्म पुगेका थिए ।साथै सोमबार राति मालिका बाल क्लवको आयोजनामा बडीमालिका नगरपालिका वडा नंं ९ स्थित क्रेटर जोन एकेडेमीमा हुने वृहत साँस्कृतिक कार्यक्रममा समेत सुनारले आफ्नो प्रस्तुति दिने भएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार