होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बैतडीमा बस दुर्घटना, २१ जना घाईते
देश/प्रदेश

बैतडीमा बस दुर्घटना, २१ जना घाईते

  • नागरिक रैबार
बैतडीमा बस दुर्घटना, २१ जना घाईते

बैतडीमा बस दुर्घटना हुँदा २१ जना घाईते भएका छन्। महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको ना ४ ख ४०१९ नम्बरको महाकाली यातायातको बस गएराती साढे तीन बजे पाटन नगरपालिका ६ को लोर्खामा दुर्घटना हुँदा २१ जना घाईते भएको प्रहरीले जनाएको छ।

घाईते भने ६ जनाको अवस्था गम्भीर रहेकाले उनीलाई थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको बैतडीका प्रवक्ता प्रहरी निरिक्षक किसन चन्दले जानकारी दिए।

अन्य घाईतेहरुको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको चन्दले बताए।

विज्ञापन

बसमा ३० जना सवार रहेका थिए। तिव्र गतिको बस अनियन्त्रीत भएर दुर्घटना हुँदा सडकबाट १० मिटर तल खेतमा खसेको बताए। चालक फरार रहेकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै