धनगढी, ११ भदौ ।सुदूरपश्चिम प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।भदौ १५ गते आइतबार थारु समुदायको पर्व अट्वारीका अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै उक्त दिन बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु