होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अर्घाखाँची र हुम्लामा सवारी दुर्घटना, कम्तीमा ११ जनाको मृत्यु
समाचार

अर्घाखाँची र हुम्लामा सवारी दुर्घटना, कम्तीमा ११ जनाको मृत्यु

  • नागरिक रैबार
अर्घाखाँची र हुम्लामा सवारी दुर्घटना, कम्तीमा ११ जनाको मृत्यु

काठमाडौं : अर्घाखाँची र हुम्लामा भएका दुई सडक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ। अर्घाखाँचीमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको घटनास्थलमै ज्यान गएको हो।  बुटवलबाट अर्घाखाँची गइरहेको यात्रु बस नरपानी र घुम्चीको बीचमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

यात्रुले भरिएको बस सडकबाट तल खोँचमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्। घटनापछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ। घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्सपेक्टर सुरज सुवेदीले बस दुर्घटनापछि कम्तीमा ८ जनाको शव भेटिएको जानकारी दिए।

त्यसैगरी, हुम्ला सदरमुकाम सिमकोटमा बुधबारै टिपर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। अन्य सातजना घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। नाम्खा गाउँपालिकाको सन्धीखोलाबाट चालम बोकेर सदरमुकाम जाँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिपर सडकबाट १५ मिटर तल खसेर दुर्घटना भएको हो।

विज्ञापन

मृत्यु हुनेमा एकजना महिला र दुईजना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए। जिप्रका हुम्लाका अनुसार मृत्यु हुनेमध्ये नाम्खा गाउँपालिका-१ हेप्काका ४५ वर्षीय छिरिङकर्मा तामाङ र त्यही ठाउँकी ३० वर्षीया नरी लामाको सनाखत भएको छ। अर्का एक पुरुषको अझै सनाखत भएको छैन। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल हुम्ला लगिएको छ। थाहाखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार