होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • हिरासतमा चालकको मृत्यु प्रकरण : भीमदत्त राजमार्ग अवरुद्ध
देश/प्रदेश

हिरासतमा चालकको मृत्यु प्रकरण : भीमदत्त राजमार्ग अवरुद्ध

  • नागरिक रैबार
हिरासतमा चालकको मृत्यु प्रकरण : भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा : डोटी प्रहरीको हिरासतमा चालकको मृत्यु भएको विषयलाई लिएर स्थानीयले भीमदत्त राजमार्ग अवरुद्ध पारेका छन्। घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले राजमार्गको जरायल गाउँपालिका-१ को गैरा बजारमा सडक अवरुद्ध पारेका हुन्। बुधबार अप्रहान्न ४ बजेदेखि राजमार्ग अवरुद्ध पारेका हुन्।

स्थानीयले राजमार्गमा अवरोध गरेपछि सवारी साधनबीच सकडमै रोकिएका छन्। स्थानीयले सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायता ठम्प पारेका छन्। स्थानीयले बुधबार दुई घण्टाका लागि राजमार्ग अवरुद्ध पारे पनि माग पूरा नभए बिहीबारदेखि अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएका छन्। मंसिर ८ गते डोटीको गैरामा रहेको घण्टेश्वर प्रहरी चौकीले हिरासतमा लिएका जीप चालक गणेश पालीको शंकास्पद मृत्यु भएको थियो।

डोटीको जोरायल गाउँपालिका–४ घर भएर कैलालीको गोदावरीमा बस्दै आएका २१ वर्षीय चालक पालीले बीच सडकमै गाडी रोकेर अवरोध सिर्जना गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो। तर, प्रहरीले थुनामा लिएको केही समयपछि उनको मृत्यु भएको थियो। प्रहरीले भने शौचालयबाट फर्किने क्रममा लडेको र उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा मृत्यु भएको दाबी गर्दै आएको छ।

विज्ञापन

यसैबीच, चालक बुवाले तिलकबहादुर पालीले घण्टेश्वर प्रहरी चौकीमा कार्यरत ड्यटीमा रहेका प्रहरी जवान दीपक सामन्त र शंकर खड्काविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्। मंगलबार जिल्ला प्रहरी कार्यालय डोटी पुगेर सामन्त र खड्काविरुद्ध जाहेरी दर्ता गराएका हुन्। दुवै प्रहरी जवान प्रहरी निगरानीमा छन्। उक्त घटनाको छानबिनाका लागि जिल्ला जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराको संयोजकक्तमा टोली गठन गरिएको छ। उक्त टोली बुधबार घटनास्थल पुगेको छ। थाहाखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार