होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कृषि विकास बैंकका शाखा अधिकृत सहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा, ३४ करोड बिगो माग
समाचार

कृषि विकास बैंकका शाखा अधिकृत सहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा, ३४ करोड बिगो माग

  • नागरिक रैबार
कृषि विकास बैंकका शाखा अधिकृत सहित ८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा, ३४ करोड बिगो माग

कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा अधिकृत केदारप्रसाद गौतम सहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। २०७१ साल असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानुनी रुपमा ३३ करोड ९३ लाख रुपैयाँ हिनामिना गरेको भन्दै आयोगले शाखा अधिकृत गौतमसहित ८ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। गौतमसहित ८ जनाविरुद्ध जनही ३३ करोड ९३ लाख रुपैयाँ बिगो माग गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

शाखा अधिकृत केदारप्रसाद गौतमले झुटो विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको र ट्रान्सफर गरेको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयबाट र अन्य विभिन्न बैंकबाट भुक्तानी लिने गरेको अख्तियारले जनाएको छ। साथै उनी नक्कली नाम तेजबहादुर थापाबाट नागरिकता र राहदानी बनाएर विदेश जाने योजनास्वरुप भारत गएर बसेको पनि अख्तियारले जनाएको छ।

यस्तै, बैंकका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँले पनि आर्थिक कारोबार, कर्मचारीको रेखदेख र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी पूरा गर्न नसकेको भन्दै अख्तियारले मुद्धा हालेको हो। साथै रकम हिनामिना गर्न गौतमलाई सघाएको आरोपमा सम्झना पोखरेल गौतम, जेनी श्रेष्ठ गौतम, सुमन भुजेल, सूर्यबहादुर लिम्बू, सन्दिप गुप्ता र कृष्णहरि थापा विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार