होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रुघाखोचा बस्ती पहिरोको उच्च जोखिममा
समाचार

रुघाखोचा बस्ती पहिरोको उच्च जोखिममा

  • नागरिक रैबार
रुघाखोचा बस्ती पहिरोको उच्च जोखिममा

राजेन्द्र बिक/बाजुरा ८ भदौ। बडीमालिका नगरपालिका वडा न.५ स्थित रुघाखोचा बस्ती पहिरोको उच्च जोखिमा रहेको छ । जडाङ्गा देखि मना सम्म जाने सडक जथाभावि तरिकाले कटान गरेपछि उक्त बस्ती पहिरोको उच्च जोखिम्मा परेको हो ।
बस्ती माथिबाट बडीमालिका नगरपालिकाले सडक कटान गरेपछि उक्त बस्तीमा बसोबास गर्ने स्थानीयहरुलाई ज्यान जोगाउन समस्या उत्पन्न भएको छ ।

भिरालो चट्टानमा सडक काटिएको हुंदा चट्टान बेला बेलामा खसिरहेको छ । जिबिकोपार्जनका लागि बडिमालिका नगरपालिकाकै मना गाउँ छोडेर ब्यबसायिक बन्न रुघाखोचा बस्तीमा बसाई सरेका ४ घरपरिवार अहिले पहिरोको डरले रातभर जागराम बस्ने गरेको स्थानीय लोकेन्द्र साउंदले बताए ।

अहिले बारम्बार बस्तीमाथिबाट ढुङ्गा माटो खसेर खेतीयोग्य जमिनको केही भागमा क्षती भईसकेको छ र बांकी रहेको खेतमा पनि पूर्ण रुपमा क्षती हुने क्रम नरोकिएकाले आफुहरु चिन्तित रहेको अर्का बासिन्दा सुरत साउंदले बताए ।

विज्ञापन

उक्त बस्तीलाई पहिरोबाट जोगानका लागि बडीमालिका नगरपालिकासंग तटबन्धनका लागि व्यवस्था गरिदिन आग्रह गरेको भएपनि बडीमालिका नगरपालिकाले व्यवास्ता गरेको स्थानीय बासीको गुनासो रहेको छ ।
यता बडीमालिका नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बलबहादुर थापाले भने सो बस्तीलाई पहिरोबाट जोगाउनका पहल भैरहेकोले छिट्टै यसको समाधान गरिने आश्वासन दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि

भर्खरै