होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • बाघको छालासहित ६ जना पक्राउ
अपराध

बाघको छालासहित ६ जना पक्राउ

  • नागरिक रैबार
बाघको छालासहित ६ जना पक्राउ

धादिङको गजुरी गाउँपालिका २ चालिसेबाट पाटे बाघको छालासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाघको छाला ओसारपसार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राजकुमार वैदवारले बताए ।

गजुरी गाउँपालिका ३ का ३७ वर्षीय भाईराम प्रजा, ३४ वर्षीय राजेन्द्र तामाङ, २१ वर्षीय ज्ञानबहादुर विक, २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका २ का ५७ वर्षीय सन्त तामाङ र बेनिघाट रोराङ गाउँपालिका ३ का २१ वर्षीय राजकुमार तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

बाघको छाला बिक्री गर्न वालसिंङबाट राजमार्गतर्फ मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वैदवारले बताए ।

विज्ञापन

उनीहरुको साथबाट ७ फिट २ इन्च लम्बाई, १ फिट ३ इन्च चौडाईको पाटे बाघको छाला बरामद भएको छ । बरामद बाघको छाला राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङ पठाइएको वैदवारले बताए । नयाँपत्रिकाडेलीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार