होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १० गते भित्र हतियार बुझाउन गृहको अनुरोध
समाचार

१० गते भित्र हतियार बुझाउन गृहको अनुरोध

  • नागरिक रैबार
१० गते भित्र हतियार बुझाउन गृहको अनुरोध

काठमाडौं – गृह मन्त्रालयले अनुमति प्राप्त हतियार नजिकको प्रहरी कार्यालयमा बुझाइदिन सबैलाई अनुरोध गरेको छ । यही मंसिसर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्ति सँग रहेका इजाजत प्राप्त हतियार यही मंसिर १० गतेभित्र बुझाउन गृहले आग्रह गरेको हो । उपनिर्वाचन सम्पन्न भएपछि इजाजत प्राप्त हतियार सम्बन्धित व्यक्तिले फिर्ता लैजान सक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

आगामी मंसिर १४ गते ३७ जिल्लामा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन हतियार बुझाउन आवश्यक रहेको गृहको भनाइ छ ।

मन्त्रालयले जारी गरेको सूचनामा ‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्य रूपमा बुझाउन भनिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार