रमित वि.क/ बाजुरा ७ पुस । सवारी दुर्घटना न्युनीकरण गर्न बाजुरामा चालकको सडकमै स्वास्थ्य परीक्षण गरिएको छ । स्वस्थ चालकले नै सुरक्षित रुपमा सवारी साधन चलाउन सक्छन् भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाजुराको आयोजनामा सवारी चालकहको स्वास्थ्य परीक्षण गरिएको हो ।
सडक दुर्घटना न्यूनीकरण गर्न सवारी चलाउने चालकहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी जनक दानीले जानकारी दिनुभएको छ ।
सार्वजनिक तथा निजि यातायातका सवारी चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षण समेत गरिएको छ । सवारी दुर्घटना हुने कारणहरु र सवारी हुनबाट जोगिने उपायहरुका बारेमा जनचेतनामुलक कार्यक्रम टेलिकम कार्यालय स्थित बसपार्कमा आज सम्पन्न भएको हो ।
जिल्ला अस्पतालका बाजुराबाट स्वास्थ्यकर्मीहरुको टिम र जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मीहरुको टम सहभागी भई स्वास्थ्य परिक्षण गरिएको हो । ३२ वटा चालक र सहचालक स्वास्थ्य चेकजाँच गएिको छ । चेकजाँचको क्रममा अधिकांस चालकहरुको उच्च रक्त चाँप बढी देखिएको छ ।
फेसबुक प्रतिक्रियाहरु