होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • पाेखरामा लाेक कलाकारकाे चुनावी रौनक
मनोरञ्जन

पाेखरामा लाेक कलाकारकाे चुनावी रौनक

  • नागरिक रैबार
पाेखरामा लाेक कलाकारकाे चुनावी रौनक

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा लोक गायक विष्णु खत्री र गीतकार रमेश बिजी भिड्दैछन्। काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं महाधिवेशन पोखरामा जारी छ।

महाविधेशनले नयाँ कार्यसमिति चयन गर्नेछ। नयाँ कार्यसमितिका लागि अध्यक्षमा दुईजना भिड्दैछन्। यसअघि दुईपटक चुनाव हारेका लोक गायक विष्णु खत्री र गीतकार रमेश बिजीबीच प्रतिस्पर्धा हुनेछ। रमेश अहिले वरिष्ठ उपाध्यक्ष हुन्। उम्मेदवारी दिएका कलाकारहरू आफ्नो चुनावी प्रचारप्रसारमा व्यस्त छन्।

उनीहरूले महाधिवेशनमा सहभागी कलाकारसँग आफ्नो आगामी योजनासहित भोट मागिरहेका छन्। निर्वाचनका लागि को–को कलाकार कुन–कुन पदमा उठ्ने भन्ने आज साँझसम्ममा पक्का हुने पोखराबाट गायक तथा उद्घोषक नविनसिंह धामीले जानकारी दिएका छन् ।

विज्ञापन

अहिलेसम्म वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा र रीता शर्माले उम्मेदवारी घोषणा गरेका छन्। त्यस्तै प्रथम उपाध्यक्षका लागि रामजी खाँड र पार्वती विसी, द्वितीय उपाध्यक्षका दीपक खड्काले मात्र उम्मेदवारी घोषणा गरेका छन्।

महिला उपाध्यक्षमा राधिका हमाल, महासचिवमा सुवास केसी र शिरिष देवकोटा, उप–महासचिवमा शंकर विसी, चोलेन्द्र पौडेल, शिव हमाल, बैकुन्ठ महत, सचिवमा कुलेन्द्र विश्वकर्मा, विनोद बाजुराली, पुस्कल शर्मा, कृष्ण रेउले, जीवन दाहाल, प्रचन्ड जीसी, होम गैरे, नविन पौडेल, वसन्त थापाले उम्मेदवारी घोषणा गरेका छन्।

सचिवमा उम्मेदवारी दिएका वसन्त थापाले यसअघि नै प्रतिष्ठान छाडेको घोषणा गरेका थिए। ‘सालको पात टपरी’ गीतमा चोरीको आरोप लागेपछि प्रतिष्ठानले सहयोग नगरेको भन्दै उनले प्रतिष्ठानमा नबस्ने घोषणा गरेका थिए। तर, प्रतिष्ठानप्रति फेरि झुकाव बढेकाले उम्मेदवारी दिएको उनको प्रतिक्रिया छ।

सचिव सांगठनिकमा खुमन अधिकारी, कोषाध्यक्षमा राजु ढकाल, तारापति सुवेदी र पुरुषोत्तम न्यौपाने तथा सह–कोषाध्यक्षमा ईश्वरीप्रसाद भुषाल र घनश्याम रिजालले उम्मेदवारी घोषणा गरेका छन्। ६ मंसीरदेखि शुरु भएको महाधिवेशन भोलि सकिनेछ। देखापढीडटकमबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार