होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपाकी उपाध्यक्षको हर्कतले : पार्टीकै बदनाम
राजनीति

नेकपाकी उपाध्यक्षको हर्कतले : पार्टीकै बदनाम

  • नागरिक रैबार
नेकपाकी उपाध्यक्षको हर्कतले : पार्टीकै बदनाम

बझाङ- बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा ठगुन्ना धामीले आफ्नै पार्टीका युवा नेतालाई तथानाम गाली गरेर आलोचित बनेकी छिन् । उपाध्यक्ष ठगुन्ना सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ पनि हुन् ।

सामाजिक सञ्जालमा भ्रष्टाचार गरेर पैसा खाएको भनेर नाताले जेठाजु पर्ने राजु जाग्रीले ठगुन्नाको स्टाटसमा कमेन्ट लेखेपछि विवाद बढ्दै गएको हो । जाग्री केदारस्युँ ७ निवासी हुन् ।

उपाध्यक्ष ठगुन्ना र जाग्रीबीचको फोनवार्ताको अडियो सार्वजनिक भएको छ । फोनमा उपाध्यक्ष ठगुन्नाले जाग्रीलाई सुन्नै नसकिने शब्दहरू प्रयोग गरेर गाली गरेकी छिन् ।

विज्ञापन

फोनवार्तामा उपाध्यक्ष धामीले अपाच्य शब्द प्रयोग गर्दै जाग्रीलाई झपारेको प्रष्टै सुन्न सकिन्छ । जाग्रीले पनि भेट्न आग्रहसहित फोन रेकर्ड गरिरहेको जानकारी गराउँदै धामीलाई झपारेका छन् । फेसबुक पोष्टमा ‘घूस खाएको’ भन्ने कमेन्ट गरेको भन्दै उपाध्यक्ष धामीले जाग्रीलाई अपशब्द प्रयोग गरी गाली गरेकी हुन् । पाथिभराडेलीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि