मंसिर, धनुषा । जनकपुरमा एक महिलाले एकै पटक तीन शिशुलाई जन्म दिएकी छिन् । जनकपुरधाम उपमहानगरपालिका १ बस्ने २६ बजरंग प्रसाद जयसवालकी पत्नी २६ वर्षीया अनिषाले आज तिम्ल्याहा बच्चा जन्माएकी हुन् ।स्थानीय धनुषा अस्पतालमा बुधबार भर्ना भएकी अनिषाले शल्यक्रिया पश्चात एक छोरा र दुई छोरीलाई जन्म दिएकी हुन् ।
छोराको तौल २ किलो रहेको छ भने एक छोरी १ किलो ७ सय ग्राम र अर्की १ किलो ५ सय ग्राम तौलका छन् । डेढ किलो तौल भएकी छोरीको स्वास्थ्य गम्भिर रहेको अस्पतालका चिकित्सक बृजमोहन रजकले जानकारी दिएका छन् । स्वास्थ्य बिग्रेकाले उनलाई अस्पतालको एनआइसियुमा राखिएको छ । उनका अनुसार एक छोरा, एक छोरी र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु