होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • महरामाथि अनुसन्धान गर्न अझै पाँच दिन म्याद थप
Breaking News

महरामाथि अनुसन्धान गर्न अझै पाँच दिन म्याद थप

  • नागरिक रैबार
महरामाथि अनुसन्धान गर्न अझै पाँच दिन म्याद थप

काठमाडौं जिल्ला अदालतले संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न अझै पाँच दिन म्याद थप गरेको छ।

जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले सरकारी वकिल र महराका वकिलहरूको बहस सुनेपछि यस्तो अनुमति दिएको जिल्ला अदालत काठमाडौंका स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। महराको बयान लिन बाँकी रहेकाले पाँच दिन म्याद थप गरेको अदालतले जनाएको छ।

कात्तिक २ गतेदेखि लागू हुने गरी अदालतले पाँच दिन म्याद थप गरेको हो। यसअघि सरकारी वकिलले भने सात दिनको म्याद मागेको थियो। आजदेखि प्रहरीले उनको बयान लिन सुरू गरेको थियो।

विज्ञापन

आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन्।

चौतर्फी आलोचना भएपछि महराले सभामुखको पदबाट राजीनामा दिएका थिए तर सांसदको पदबाट भने राजीनामा दिएनन्।

उनले राजीनामा गरेपछि रोशनीले प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले महरालाई असोज १९ गते सभामुख भवन बालुवाटारबाट पक्राउ गरेको थियो। पक्राउ परेसँगै उनले सांसदको हैसियत गुमाएका छन् भने सेवासुविधा पनि रोक्का भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार