होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • विश्वकप छनोट : कुवेतसँग नेपाल पराजित
खेलकुद

विश्वकप छनोट : कुवेतसँग नेपाल पराजित

  • नागरिक रैबार
विश्वकप छनोट : कुवेतसँग नेपाल पराजित

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपाल पराजित भएको छ।

दशरथ रंगशाला समयमै बन्न नसक्दा भुटानको चाङ्लिमिथाङ रंगशालामा मंगलबार भएको खेलमा नेपाललाई कुवेतले १–० गोलले पराजित गरेको हो। कुवेतका लागि अल मोटावाले २८ मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे।

पहिलो हाफमा नेपालका रोहित चन्दले बराबरी गर्ने मौका गुमाए। उनले डिबक्स बाहिरबाट हानेको प्रहारलाई कुवेतका गोलकिपरले जोगाए। दोस्रो हाफमा पनि नेपालले पाएका केहि अवसर सदुपयोग गर्न सकेन।  दशरथ रंगशाला पुननिर्माण नसकिँदा नेपालले होमम्याचका रुपमा भुटानमा खेल खेल्नु परेको हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार