होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा सवारी दुर्घटनामा परी तीन वर्षमा साढे पाँच सय जनाको मृत्यु
समाचार

सुदूरपश्चिममा सवारी दुर्घटनामा परी तीन वर्षमा साढे पाँच सय जनाको मृत्यु

  • नागरिक रैबार
सुदूरपश्चिममा सवारी दुर्घटनामा परी तीन वर्षमा साढे पाँच सय जनाको मृत्यु
फाइल तस्बिर

सुदूरपश्चिममा सवारी दुर्घटनामा परी तीन वर्षमा झण्डै साढे पाँच सय जनाको मृत्यु भएको छ। प्रदेशका नौ वटै जिल्लामा आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म भएका पाँच सय ८२ वटा दुर्घटनामा पाँच सय २२ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार तीन वर्षको अवधीमा पाँच सय २२ जनाको मृत्यु हुँदा एक हजार एक सय ३९ जना घाईते भएका छन्। आर्थिक वर्ष २०७३/७४ मा भएका एक सय ८४ दुर्घटनामा परी एक सय ३२ जनाको मृत्यु र तीन सय ४७ जना घाईते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यस्तै आर्थिक वर्ष २०७४/७५ मा  एक सय ६४ दुर्घटनामा  एक सय ५८ जनाको मृत्यु, तीन सय ३८ जना घाईते भएका छन्। यसैगरी आर्थिक वर्ष २०७५/७६ मा भएका दुई सय ३४ दुर्घटनामा दुई सय २३ जनाको मृत्यु र चार सय ३४ जना घाईते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

विज्ञापन

तीन वर्षमा सात सय ८९ सवारी साधन मध्ये सबैभन्दा बढि मोटरसाईकल रहेका छन्। दुर्घटनामा पर्ने मोटरसाईकलको संख्या तीन सय दुई, बस ९५, ट्रक ६६, जीप कार एक सय ८ र एक सय २५  ट्रयाक्टर रहेका छन्।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सवारी दुर्घटनामा परी सुदूरपश्चिममा थप ३१ जनाको मृत्यु भएको छ भने ९९ जना घाईते भएका छन्। प्रहरीले सवारी चालकको लापरवाही, सडकको दुरावस्था, तिव्र गति, मदिरा सेवन र यात्रुको लापरवाहीले सवारी दुर्घटना हुने गरेको बताउँदै आएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि