नागरिक रैबार/बाजुरा १ कार्तिक। बडीमालिका नगरपालिकाकी एक सुत्केरी महिलालाई जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी टोलीले उद्धार गरेकाे छ।
बडीमालिका नगरपालिका वडा नं. ७ कि २२ वर्षिया फुलमाया सुनारको बाटोमै सुत्केरी व्यथा लागेपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीको टोलीले उद्धार गरेर अस्पतालमा पुर्याएको हो ।
शुक्रबार बिहान सोही नगरपालिकाकै वडा नं. ३ माईतीघर बाट एक्लै जिल्ला अस्पताल बाजुरा आउने क्रममा गड्खेत नजिकैको बाटोमा बच्चा जन्माईरहेको बेला प्रहरी पुगेर सुत्केरी महिलालाई जिल्ला अस्पतालसम्म पुगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीको उद्धारपछि अहिले आमा र शिुशु दुवैको अवस्था राम्रो रहेको छ ।
२ दिन अघि मात्रै जिल्ला प्रहरी कार्यालय बाजुराकै प्रहरी जवान सरस्वति बमले एक प्वाइन्ट रगत दिएर बुढीनन्दा नगरपालिकाकि एक महिलालाइ महिलाकाे ज्यान जाेगाउन सहयाेग गरेकि थिइन् ।
फेसबुक प्रतिक्रियाहरु