धनगढी, १ भदौं । सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख मोहनराज मल्लले पठाएको पत्र वाचन गरी सभामुख अर्जुनबहादुर थापाले बर्खे अधिवेशन अन्त्य गरेका हुन ।
जेठ १ गतेबाट सुरु भएको बर्खे अधिवेशनमा ३६ बैठक बसेको थियो ।
बर्खे अधिवेशनमा प्रदेशको लागि महत्वपूर्ण ८ वटा कानून निर्माण भएको सभामुख थापाले जानकारी दिए । आइतबारको प्रदेशसभा बैठकले सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरिएको छ । पश्चिमटुडेबाट
फेसबुक प्रतिक्रियाहरु