होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुर्घटनामा परी कञ्चनपुरकी एक युवतीको मृत्यु
समाचार

दुर्घटनामा परी कञ्चनपुरकी एक युवतीको मृत्यु

  • नागरिक रैबार
दुर्घटनामा परी कञ्चनपुरकी एक युवतीको मृत्यु

१ मंसिर । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी कञ्चनपुरकी एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नम्बरको स्कुटर खाल्डो छलाउने क्रममा अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो ।

दुर्घटनामा परी स्कुटरको पछाडि बसेकी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ घर भई पुरानो बानेश्वर काठमाडौंमा कोठा गरी बस्ने वर्ष १९ की अनुपमा कुमारी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । धुलिखेल सामुदायिक अस्पतालमा उपचारपश्चात थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौं पठाएकोमा उपचारका क्रममा आइतबार बिहान ३ बजेतिर उनको मृत्यु भएको हो ।सो दुर्घटनामा परी घाइते भएका स्कुटर चालक रामेछाप मन्थली नगरपालिका–९ घर भई हाल मध्यबनेश्वर काठमाडौँ कोठा गरी बस्ने अन्दाजी वर्ष २२ को गोपाल बोहराको दाहिने हातको औंला र बाँया खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार