होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शान्ति सेनामा जाने सैनिकको भत्ता बढ्यो
समाचार

शान्ति सेनामा जाने सैनिकको भत्ता बढ्यो

  • नागरिक रैबार
शान्ति सेनामा जाने सैनिकको भत्ता बढ्यो

काठमाडौं : नेपाली सेनाले शान्ति सेनामा खटिने सैनिकको भत्ता बढाएको छ। सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले भत्ता बढाउने निर्णय गरेको हो।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको बैठकले सिपाहीले प्रति महिना ८५ अमेरिकी डलर भत्ता बढाएको हो। हाल उनीहरूले मासिक अमेरिकी डलर १०२९ प्राप्त गर्छन्। भत्ता बढाइएपछि अब उनीहरूले प्रति महिना अमेरिकी डलर १११४ पाउनेछन्।

गण कमान्ड गर्ने गणपति प्रमुख सेनानीको भत्ता अमेरिकी डलर २१ बढाइएको छ। महिनामा १३७८ अमेरिकी डलर भत्ता उने प्रमुख सेनानीले अब १३९९ डलर पाउनेछन्। बढेको भत्तादर १ अक्टोबर देखि लागू हुने छ।

विज्ञापन

‘सैनिक ऐन, २०६३ र सैनिक कल्याणकारी कोष नियमावली २०६५ को परिधिभित्र रही अध्ययन कार्यदल गठन गरि सकलदर्जाबाट प्राप्त राय सुझावका आधारमा भत्ता वृद्धि गरिएको हो’, सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने, ‘यसले सैनिक कल्याणकारी कोषलाई वार्षिक करिब ४६ करोड ३० लाख रुपैयाँ व्ययभार पर्ने भए पनि तल्लो तहका सकलदर्जालाई लक्षित गरी थप लाभान्वित गराउने उद्देश्यले भत्तादर वृद्धि गरिएको हो।’

राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा अहिले पाँच हजार भन्दा बढी नेपाली सैनिक कार्यरत छन्। ४३ मिसनमा गरी हालसम्म एक लाख २७ हजार ३९० सैनिक शान्ति स्थापनामा सहभागी भएका छन्। अहिले नेपाली सेना १२ देशमा शान्ति मिसनमा खटिएका छन्।  सन् १९५८ देखि नेपाली सेना राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी भएको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै