होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • भोटे जनजाती सेवा समितिको केन्द्रीय अधिवेशन आजबाट सुरु
Breaking News

भोटे जनजाती सेवा समितिको केन्द्रीय अधिवेशन आजबाट सुरु

  • नागरिक रैबार
भोटे जनजाती सेवा समितिको केन्द्रीय अधिवेशन आजबाट सुरु

नागरिक रैबार / बाजुरा ३० कार्तिक । नेपाल भोटे जनजाती सेवा समितिको केन्द्रीय अधिवेशन बाजुरामा आजबाट सुरु भएको छ । जिल्लाको सदरमुकाम मार्तडीमा नेपाल भोटे जनजात सेवा समितिको ११ औँ साधारण सभा तथा ५ औँ केन्द्रीय अधिवेशन सुरु गरिएको हो ।

नेपाल भोटे जनजाती सेवा समितिले २०५७ सालमा स्थापना गरेको समितिको मौलीक भाषा, धर्म, सस्कृती,संस्कार तथ परम्पराको सम्वद्धन गराँै युगानुकुल, समतामुलक सुशिक्षीत समाजको निर्माण गरौ भन्ने मुल नाराका साथ उक्त अधिवेशन सुरु गरिएको नेपाल भोटे जनजाती सेवा समितिका सचिव दावा बोगटीले बताउनुभएको छ ।

नेपाल भोटे जनजाती सेवा समिति केन्द्रीय अध्यक्ष बुद्धी बोगटीको अध्यक्षतामा संचालन भएको अधिवेशनको प्रमुख अतिथि जनजाती महासंघका संस्थापक महासचिव तथा संविधान सभा सदस्य सुरेश आले मगर रहनुभएका  थिए ।

विज्ञापन

त्यस्तै सविधान सभा सदस्य पेम्बा गुरुङ भोटे बडिमालिका नगरपालिका उप–प्रमुख कबिता बिष्ट गैसस महासंघका केन्द्रीय सदस्य काशि बिक बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष लगायत विशिष्ट अतिथिमा रहेका थिए ।

कार्यक्रमको संचालन नेपाल भोटे जनजाती सेवा समितिका सचिव दावा गुरुङले गरेका गर्नुभएको थियो । संस्थाको शुभकामना मन्त्ब्य समितिका संस्थापक अध्यक्ष गम्बुसिह गुरुगले गरेको आयोजकले जनाएको छ । २ दिन सम्म संचालन हुने अधिवेशनले नया नृतित्व समेत चयन गरिने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै