
नागरिक रैबार/ बाजुरा ३१ असार । नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुराले जिल्लामा विपद् भएमा तत्काल जुट्न कार्यक्रतालाई आग्रह गरेको छ । जिल्लामा एक्कासी विपद् परी आएको खण्डमा जुनसुकै अवस्थामा भएपनि तत्काल उद्दार र राहत कार्यमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई नेकपा बाजुराले आग्रह गरेको हो ।



यस बर्षको मनसुन सुरु भएसंगै अविरल बर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर सडकहरु अवरुद्ध भएका तथा खोलाहरुमा बाढी आउने,पानीको महान बढेर मानव बस्तिलाई खतरा हुन सक्ने भएकाले पूर्व तयारी अवस्था बसी जनताको धनजनको सुरक्षा गर्ने आग्रह गरिएको छ ।
कार्यालय सचिव काँसी बिकले यदि कथम कताचित बाजुरा जिल्लामा पनि आपत्ति विपत्ति परी आएको खण्डमा तत्काल उद्दार राहत कार्यमा जुट्न र सम्पूर्ण जनताहरुलाई सजक गराउन सहयोग गरिदिन सम्पूर्ण नेता तथा कार्यकर्ताहरुमा अपिलका साथै अनुरोध गरेको बताएका छन् ।
देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण धेरैको ज्यान गएकोले त्यस्तो नहोस् भन्ने उद्देश्य सहित पूर्व सुचनाका लागि समेत सबैलाई सजग गराएको उहाँले बताउनुभयो । जिल्लामा रहेको बुढीगंगा नदी थुनिने अवस्था रहेकोले तथा अन्य नदीनालाहरु थुनिएर ताल बनी एक्कासी फुट्न सक्ने हनाले जिल्लाबासी सबैले चनाखोँ हुने नेकपाले अनुरोध गरेको छ ।
विज्ञापन



फेसबुक प्रतिक्रियाहरु