रामबहादुर वि.क./असोज २७ बाजुरा । सदरमुकाम मार्तडीलाई कमथलो बनाएर बडा दशैं मनाउन घर गएकाहरु यतिवेला सदरमुकाममा फर्किन थालेका छन् ।
जिल्लाको सदरमुकाम मार्तडीस्थित रहेका सरकारी तथा गैर सरकारी कार्यालयमा कार्यरत कर्मचरी र अन्य सर्वसाधारणहरु यतिवेला सदरमुकाम मार्तडीमा फर्किन थालेका हुन् ।
मार्तडीस्थित सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारी र गाउँ–गाउँबाट दशैं मनाएर सर्वसाधारणहरु सदरमुकाम मार्तडी आएसंगै मार्तडी बजारमा यतिवेला निकै चहल पहल बढ्दै गएको देखिन्छ ।
त्यस्तै जिल्ला बाहिर अध्ययनको शिलसिलामा रहेका विद्यार्थीहरु र कर्मथलो समेत जिल्ला बाहिर बनाएका कर्मचारीहरु यतिवेला फर्किन थालेका छन् । बाजुराबाट दशैं लगत्तै हजारौंको संख्यामा जिल्ला बाहिर काठमाण्डौं, धनगढी, महेन्द्रनगर र नेपालगंज गईसकेको सुदूरपश्चिम यातायातका विशाल विकले बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु