प्रमित विक/बाजुरा २७ साउन। व्यापार–व्यवसाय गरौ भने लगानि गर्न पैसा छैन् । विहान बेलुका छाक टार्न धौ–धौ छ उमेरले ६० पुगिसकेका गौमुल गाउँपालिका –६ बाम्नीका गगने ल्वारको गुनासो छ । उनी परम्परागत आरन पेशाबाटै जीवन निर्वाह गर्छन् । विहान देखि फलामसंगं फौठेजोरी गर्दै उनको दिनचर्या यसैमा वित्ने गरेको छ । उनको यो मेहनतले फलामबाट भाडाकुडा तथा विभिन्न हातहतियार बनाउने गर्दछन् ।
उनका चार छोरा छन् ति मध्य तिन छोरा छुट्टीएर बसेका छन् । एउटा छोरा जन्मजातको एक हात एक खुट्टा नचल्ने अपाङ्ग छन् । उनलाई पाल्नका लागि पनि पसिना चुवायर पनि काम गर्नु पर्ने बाध्यता रहेको उनले सुनाए ।
तिन छोरा छुट्टीएर बसेका छन् । आफु खनजोत गर्न सक्दैन् । त्यसैले बाबुबाजेले अगाल्दै आएको यहि पेसामा छु । रातो भएर फलाम पिटेपछि निधार भरी पसिना चहाउँदै भने बुढेसकाल लागेपछि छोरा–छोरीले पनि हेला गर्दा रहेछन् ।
कोदालो, हसिया, कुटो लगायतका कृषि सामाग्री तथा विभिन्न किसमका हातहतियार, छोरीले लगाउने गर–गहना बनाउने तथा मर्मत गदै आएका ल्वार यस्ता सामाग्रीबाफत कसै संग नगद लिने गर्छन् भने कसै संग अन्नपात लिन्छन् ।
बर्षमा कति आम्दानी हुन्छ भनेर लेखाजोखा गर्ने त गरेको छैन् उनले भने विहान देखि बेलुका सम्म पसिना चुवायर उतm पेशाबाट नुन, तेल, लुगाकपडा, गरेर जिविकोपार्जन गर्न सहज भएको छ ।
पछिल्लो समयमा यो पेसा लोप हुदै गएको छ । यो पेशाका लागी आगो फुक्न पंखा आवश्यक पर्दछ । यस्ता सामाग्री विग्रीएको खण्डमा खरिदका लागी रकम अभाव हुने गगने ल्वार बताउछन् । गाउँपालिकाले सहयोग गरेको खण्डमा यस पेशालाई थप व्यवस्थित ढंगले अघि बढाउने उनले बताए ।
दलित समुदायका ज्येष्ठ नागरिकले यस पेसालाई निरन्तरता दिइरहे पनि युवाहरुमा भने यो पेशाप्रति आकर्षण देखिदैनन् । युवा बैदेशिक रोजगारी तथा अन्य काममा आर्षित हुने गरेकाले यो पेसा अगाँल्न रुचि देखाउदैनन् उनले भने । यो पेशा सम्बन्धी सिप सिकेका युवा कमै भटिन्छन् । खेती लगाउन खनजोत गर्न कुटो–कोदालो अति आवश्यक हुने भएपनि युवाको यस पेशा प्रति आकर्षण कम हुदै जाँदा कृषि औजारमा समेत आत्मनिर्भर हुन समस्या हुने कतिपय कृषको भनाई रहेको छ ।
गौमुल गाउँपालिकाले बजेट विनियोजन गरेर आधुनिक ढंगले तालिम व्यवस्थापन गर्न सके युवालाई यस पेशामा आकर्षित गर्न सकिने स्थानीय कृषकहरु बताउन्छन् ।
फेसबुक प्रतिक्रियाहरु