मकवानपुरमा कार पुरिएको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको फाखेल सडकखण्डको कलंकीमा पहिरोले कारलाई पुरेको हो ।गाउँपालिकाको वडा नम्बर १ मा हेटौंडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा २ च ९९२० नम्वरको निजी कारलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिए । कार पुरिएको भएपनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु