नागरिक रैबार/बाजुरा २४ असोज। बाजुरा सदरमुकाम मार्तडीस्थित गैरिबजारको एक पसलबाट एकै रात २ लाख ७० हजार बराबर नगद रुपैयाँ चोरी भएको छ ।
गैरिबजारमा रहेको रामबहादुर रोकायाको महादेव जनरल स्टोर कपडा पसलबाट नगद रुपैयाँ चोरी भएको हो । असोज २२ गते राति पसलमा कोही नभएको मौका छोपी पसलमा नगद सहित राखिएको बाकसको ताला खोलेर २ लाख ७० हजार नगद रुपैयाँ चोरी भएको पसलका संचालक रामबहादुर रोकायाले बताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकराज ढुंगानाले भने पसल चोरीमा संलग्नहरुको खोज तथा अनुसन्धान भईरहेको बताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु